Logo

अर्थ

३० अंकले बढ्यो सेयर बजार, ३ अर्ब ८२ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ३०.०८ अंकले बढेर २,७५४ को विन्दुमा कायम भएको छ ।

आज २४८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज ३ अर्ब ८२ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर कारोबार भएको छ । यस कम्पनीको १८ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको १७ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपर लोहरे खोलाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । माउन्टेन हाइड्रोका लगानीकर्ताले ११.८८ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले १३.२६ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार १५:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।