Logo

खेलकुद

नेपाली महिला फुटबल टोलीका तीन खेलाडी एसटीसी राइड र एसटीसी इनर्जीका ब्रान्ड एम्बासडर नियुक्त



काठमाडौं । स्वदेशमै उत्पादन हुँदै आएका ब्याट्री ब्रान्ड एसटीसी राइड तथा एसटीसी इनर्जीले नेपाली महिला राष्ट्रिय फुटबल टोलीका तीन खेलाडीलाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।

बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) परिसरमा आयोजित विशेष साइनिङ समारोहमार्फत राष्ट्रिय महिला टोलीका चर्चित खेलाडीहरू रेखा पौडेल, मनमाया दमाई तथा दीपा शाहीसँग औपचारिक सम्झौता गरिएको हो ।

सम्झौताअनुसार राष्ट्रिय टोलीकी फरवार्ड रेखा पौडेल तथा युवा खेलाडी दीपा शाहीले एसटीसी राइडको प्रतिनिधित्व गर्नेछन् भने मनमाया दमाईलाई एसटीसी इनर्जीको ब्रान्ड एम्बासडरको रूपमा अनुबन्ध गरिएको कम्पनीले जनाएको छ ।

रेखा पौडेल, दीपा शाही र मनमाया दमाईले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै नेपाली महिला फुटबलको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् ।

अनुभव, प्रतिभा र समर्पणका कारण उनीहरूले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उल्लेखनीय भूमिका खेलेको बताइएको छ ।

नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय क्जचभभ क्त्ऋ न्चयगउ ले लामो समयदेखि गुणस्तरीय तथा भरपर्दो ऊर्जा समाधान उपलब्ध गराउँदै आएको जनाएको छ ।

कम्पनीका अनुसार आधुनिक प्रविधिमा आधारित ब्याट्री उत्पादनमार्फत एसटीसी राइड र एसटीसी इनर्जीले नेपाली बजारमा विश्वसनीय पहिचान स्थापित गरेका छन् ।

कम्पनीका उत्पादनहरू नेपाली सडक, मौसम तथा उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर स्वदेशमै उत्पादन गरिएका हुन् । दुई पाङ्ग्रे, चार पाङ्ग्रे तथा ऊर्जा र पावर ब्याकअप क्षेत्रमा यी ब्याट्रीहरूको लोकप्रियता बढ्दै गएको कम्पनीको दाबी छ ।

कार्यक्रममा बोल्दै एसटीसी ग्रुपका प्रबन्ध निर्देशक तथा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार ओलीले नेपाली खेलाडीहरूसँग सहकार्य गर्न पाउँदा गर्व महसुस भएको बताए । उनले खेलकुद क्षेत्र र युवापुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय खेलाडीहरूसँग सहकार्य गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि नेपाली प्रतिभालाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा एन्फाका पदाधिकारी, एसटीसी ग्रुपका मार्केटिङ टिम, खेलकुदकर्मी, व्यवसायी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । समारोह उत्साहपूर्ण तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार १९:२८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।