Logo

समाचार

काठमाडौंमा एअर गनसहित एक युवक पक्राउ



काठमाडौं । काठमाडौंको गोकर्णेश्वरबाट प्रहरीले एअर गनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउपर्नेमा काभ्रेको पाँचखाल नगरपालिका–४ घर भएका २६ वर्षीय सोक्सोम दोर्जे लामा रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनलाई गोकर्णेश्वर नगरपालिका–६, पाटिटारबाट नियन्त्रणमा लिएको हो।

लामाको साथबाट कालो रंगको इनामेल लगाइएको एक थान एअर गन बरामद भएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले जानकारी दिए।

पक्राउ परेका लामालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार २०:३७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।