Logo

समाचार

काठमाडौँ चिल्ड्रेन हस्पिटललाई पेपे पिज्जाको ५१ लाख रुपैयाँ सहयोग



काठमाडौँ । चर्चित पिज्जा चेन ‘पेपे पिज्जा’ले काठमाडौंमा निर्माणाधीन विश्वस्तरको काठमाडौँ चिल्ड्रेन हस्पिटललाई ५१ लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।

भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङको नेतृत्वमा सुरु भएको सहयोग अभियान अन्तर्गत पेपे पिज्जाले सो रकम प्रदान गरेको हो।

अस्पतालमा अत्याधुनिक एमआरआई र सिटी स्क्यान मेसिन खरिद गर्ने उद्देश्यका साथ यो सहयोग गरिएको कम्पनीले बुधबार जनाएको छ ।

अस्पतालको भौतिक निर्माण कार्यमा उल्लेख्य प्रगति भए तापनि बालबालिकाको विशिष्टीकृत उपचार सेवा पूर्ण रूपमा सञ्चालन गर्न यी उपकरणहरू अनिवार्य रहेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार २१:४६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।