Logo

अर्थ

सेयर बजारमा १२.३६ अंकको गिरावट, ३ अर्ब ८९ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १२.३६ अंकले घटेर २,७४२ को विन्दुमा कायम भएको छ ।

आज ७२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको मूल्य घटेको छ ।

आज ३ अर्ब ८९ करोड माथिको सेयर कारोबार भएको छ । आज सबेभन्दा धेरै आँखुखोला जलविद्युतको सेयर कारोबार भएको छ । यस कम्पनीको १७ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिडी पावरको १५ करोड ७ लाख माथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै प्रभु बैंक डिबेञ्चरका इकाईधनीले कमाएका छन् । यसका इकाईधनीले ६.६२ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै अपर लोहरे खोलाका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले १४ प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहीबार १५:१४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।