Logo

समाचार

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ



काठमाडौं। ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने ९ विदेशी नागरिक पक्राउ परेका छन्।

प्रहरी वृत्त लैनचौरबाट खटिइएको टोलीले काठमाडौं महानगर २६ ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो।

ठमेल क्षेत्रमा हिँड्ने पर्यटक तथा सर्वसाधारण पुरुषलाई बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरी दुःख दिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहीबार १८:४५   :  बजे

222
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।