पोखरा । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तमु धिं नेपालसँगको सहकार्यमा तमु (गुरुङ) समुदायका ४० जना जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सहयोग प्रदान गरेको छ।
तमु धिं नेपालको ४२औँ स्थापना दिवसको विशेष अवसर पारेर बैंकले यो सहयोग हस्तान्तरण गरेको हो।
गण्डकी प्रदेशका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ पोखरामा एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो। सो कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई विद्यालय पोसाक (यूनिफर्म) तथा विभिन्न आवश्यक शैक्षिक सामग्रीहरू वितरण गरिएको थियो।
उक्त सहयोग सामग्रीहरू गण्डकी प्रदेशकी सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म कुमारी तमु, अध्यक्ष हुमबहादुर गुरुङ र एनएमबि बैंकका गण्डकी प्रदेश प्रमुख राजीव रन्जित लगायतले संयुक्त रूपमा विद्यार्थीहरूलाई हस्तान्तरण गरेका थिए।
कार्यक्रममा बोल्दै एनएमबि बैंकका गण्डकी प्रदेश प्रमुख राजीव रन्जितले तमु धिं नेपालसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे।
साथै, शिक्षाको विकास, सामुदायिक सशक्तिकरण तथा सामाजिक रूपान्तरणका क्षेत्रमा बैंकले आगामी दिनमा पनि यस्ता अर्थपूर्ण सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता उनले जनाए।
एनएमबि बैंकले देशका सबै क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाउँदै हाल देशभर १ सय ९८ शाखाहरू, १ सय ७६ एटीएमहरू र ९ वटा एक्स्टेन्सन काउन्टरहरू मार्फत ग्राहकहरूलाई उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।





















प्रतिक्रिया