Logo

प्रमुख समाचार

जेठ १४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय



काठमाडौं । बकर ईदको अवसरमा यही जेठ १४ गते सरकारले सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले आज सूचना जारी गरी सार्वजनिक बिदाबारे जानकारी दिएको हो ।

मुस्लिम आयोगले जेठ १४ गते बकर ईद परेको जानकारी दिएपछि गृह मन्त्रालयले पनि सो दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिने यसअघि नै राजपत्रमा प्रकाशित छ । १६ गते शनिबार र १७ गते आइतबार सार्वजनिक बिदा हुन्छ । त्यसले गर्दा १४ देखि १७ गतेसम्म ४ दिन लगातार बिदा परेको हो ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार १३:३३   :  बजे

309
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।