Logo

प्रमुख समाचार

संविधान संशोधनमा राय सुझाव पठाउन प्रधानमन्त्री कार्यालयकाे सूचना



काठमाडौं । सरकारले संविधान संशोधनका विषयमा राय सुझाव उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना जारी गर्दै संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न सर्वसाधारणसँग राय तथा सुझाव माग गरेको हो ।

प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको कार्यदलले संविधान संशोधनमा सुझाव पठाउन सार्वजनिक सूचना जारी गरेको छ ।

सोही निर्णयअनुसार नेपालको संविधानमा गर्नुपर्ने सुधार एवं संशोधनका विषयमा ७ दिनभित्र सुझाव उपलब्ध गराउन आग्रह गरिएको छ ।

सुझाव इमेल र ह्वाट्सएप मार्फत पठाउन सकिने छ । संविधान संशोधनका लागि लिखित सुझाव इमेल एड्रेस sambidhansansodhan@gmail.com र sambidhansansodhan@opmcm.gov.np मा पठाउन सकिने छ । ह्वाट्सएपमा सुझाव पठाउन मोबाइल नम्बर ९८५६०२९९४७ उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार १७:०६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।