काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ।
न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै थपिएको म्यादभित्र अनुसन्धान पूरा गर्न परमादेश जारी गरेको छ ।
अदालतले चार दिन भित्र अनुसन्धानका सबै कार्य पूरा गरेर जिल्ला अदालत पर्सामा पेस गर्नु भनी जिल्ला प्रहरी कार्यालय पर्साको नाममा परमादेश जारी गरेको रिट निवेदकका तर्फबाट बहस गरेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले बताए।
पछिल्लो पटक प्रसाईँ सोमबार जेठ ४ गते राति वीरगन्जबाट पक्राउ परेका थिए ।





















प्रतिक्रिया