काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईमाथि दुई दिनभित्र अनुसन्धान सक्न र नसके हाजिर जमानीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले शुक्रबार दोस्रोपटक थपिएको म्यादभित्र अनुसन्धान सकेर मुद्दा दायर गर्न अन्याथ हाजिर जमानीमा रिहा गर्न भनेको हो।
प्रसाईंलाई वीरगञ्जको होटल सिद्धार्थ दियालोबाट जेठ ४ गते राज्यविरुद्धको कसुर गरेको भन्दै जरुरीप पक्राउ पुर्जी दिएर पक्राउ गरिएको थियो।
भोलिपल्ट अनुसन्धानक लागि तीन दिनको समय पाएको प्रहरीले बिहीबार पुनः चार दिनको म्याद पाएको थियो। उक्त म्याद आइतबार सकिने भएकाले त्यो दिनसम्म अनुसन्धान सक्न र नसके रिहा गर्न अदालतले अदोश दिएको हो।
संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको निवेदन भने खारेज गर्दै प्रसाईंको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै विपक्षीहरूका नाउँमा विशेष परमादेश जारी गरेको हो।
उनी घाँटीको क्यान्सर रोगबाट पीडित भई नियमित उपचार र चिकित्सकको फलोअपमा रहनुपर्ने अवस्था देखिएको तथा उनी भागी जाने वा प्रमाण लोप गर्ने वस्तुनिष्ठ आधार नभएकाले थुना बाहिरै राखेर अनुसन्धान गर्दा फरक नपर्ने आदेशमा उल्लेख छ।





















प्रतिक्रिया