काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँ कायम भएको छ।





















प्रतिक्रिया