Logo

अर्थ

सपोर्ट लघुवित्तको बोनस सेयर डिम्याट खातामा जम्मा



काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर सम्बन्धित शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको छ । संस्थाले गत पुस ३० गते सम्पन्न एघारौं वार्षिक साधारणसभाबाट पारित गरेको ९.५ प्रतिशत बोनस सेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो ।

उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबार हुने व्यवस्था समेत मिलाइसकिएको जनाइएको छ।

कम्पनीका अनुसार गत पुस १५ गतेसम्म सेयर अभौतिकीकरण गराएका शेयरधनीहरूको बोनस सेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिसकिएको छ। सो मितिपछि सेयर अभौतिकीकरण गराएका शेयरधनीहरूको हकमा भने क्रमशः बोनस सेयर खातामा जम्मा गरिने बताएको छ।

प्रकाशित मिति : १० जेष्ठ २०८३, आईतवार १३:०४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।