Logo

प्रमुख समाचार

पार्टीभित्र एकताको माग गर्दै सानेपामा नेविसंघको धर्ना



काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताहरूले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । पार्टीभित्र एकता कायम गर्न, १२औँ महाधिवेशनको मिति घोषणा गर्न तथा संगठनलाई चलायमान बनाउन दबाबस्वरूप उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

कार्यकर्ताहरूले पार्टी कार्यालयका विभिन्न कक्षको बाहिर ‘Party Unity First, Ego Later’, ‘१२औँ महाधिवेशन सुनिश्चित गर’, ‘युवालाई space देऊ, पार्टीलाई pace देऊ’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर नेतृत्वको ध्यानाकर्षण गराएका थिए।

धर्नामा सहभागी विद्यार्थी नेताहरूले नेपाली कांग्रेसभित्रको आन्तरिक एकता सुदृढ हुनुपर्ने र त्यसको आधार विद्यार्थी संगठनबाटै सुरू हुनुपर्ने बताएका छन् । उनीहरूले गुट–उपगुटभन्दा माथि उठेर संगठन र पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वले पहल गर्नुपर्ने धारणा राखे ।

नेविसंघलाई लामो समयसम्म निष्क्रिय अवस्थामा राख्नु उचित नभएको उल्लेख गर्दै उनीहरूले समयमै महाधिवेशन सम्पन्न गरी युवालाई निर्णायक भूमिकामा अघि ल्याउनुपर्ने मागसमेत गरेका छन्।

प्रकाशित मिति : १० जेष्ठ २०८३, आईतवार १४:२३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।