Logo

खेलकुद

दीपेन्द्रको कप्तानीमा एसियन गेम्स क्वालिफायर खेल्ने टोली घोषणा



काठमाडौं । सिंगापुरमा आयोजना हुने आगामी एसियन गेम्स क्वालिफायरका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा दीपेन्द्रसँगै रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, सन्दीप जोरा, लोकेश बम, शेर मल्ल, नन्दन यादव, शाहब आलमलगायतका खेलाडी समावेश छन्। टोलीका कुशल मल्लले पुनरागमन गरेका छन्।

प्रतियोगिता मे ३१ देखि जुन ९ सम्म आयोजना हुनेछ।

प्रकाशित मिति : १० जेष्ठ २०८३, आईतवार १५:०५   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।