काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले युरोपेली संघ (ईयू)मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग छलफल गरेका छन् ।
मंगलबार बिहान (ईयू)मा आबद्ध काठमाडौं र नयाँ दिल्लीका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग सामूहिक छलफल गरेको उनको सचिवालयले जनाएको छ ।
सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित भएको सचिवालयले बताएको छ ।




















प्रतिक्रिया