Logo

अर्थ

फेरि बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति?



काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ । संघको सोमबार बसेको बैठकले अन्डा उत्पादकहरूको राय, परामर्श र सिफारिसका आधारमा आज मंगलबारदेखि नयाँ फार्म समर्थन मूल्य कायम गर्ने निर्णय गरेको हो ।

सबै प्रकारका अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँसम्म बढेको छ ।

चितवनलाई आधार मानेर निर्धारण गरिएको नयाँ मूल्यसूची अनुसार एक्सएल अन्डाको फार्म मूल्य प्रतिक्रेट ५ सय ४५ रुपैयाँ पुगेको छ । यसअघि ४ जेठदेखि लागु भएको दरमा यो अन्डाको मूल्य ५ सय ३० रुपैयाँ कायम थियो । त्यसैगरी ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय ३० रुपैयाँ र मिडियम अन्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ कायम गरिएको छ ।

यसअघि ठूलो अन्डा प्रतिक्रेट ५ सय १५ रुपैयाँ र मिडियम अन्डा ४ सय ८५ रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै सानो अन्डाको मूल्य प्रतिक्रेट ४ सय रुपैयाँ तोकिएको संघले जनाएको छ ।

संघले उपभोक्ता मूल्य प्रतिगोटा २५ रुपैयाँ कायम गरेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलवार १५:५०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।