Logo

राजनीति

रास्वपाबाट कांग्रेस प्रवेश गरेकी ममता शर्मा केन्द्रीय सदस्यमा मनाेनीत



काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकी ममता शर्मा (बारा) लाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन्।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ को उपधारा (१०) (ङ) मा व्यवस्था भए बमोजिम उनलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको हो।

चुनावका बेलामा रास्वपा छोडेर कांग्रेस प्रवेश गरेकी शर्मालाई कांग्रेसले केन्द्रीय समिति सदस्य बनाएको छ।

सभापति गगन थापाले मङ्गलबार शर्मालाई केन्द्रीय सदस्य बनाएका हुन् शर्मा रास्वपा मधेस प्रदेशकी संस्थापक अध्यक्ष समेत थिइन्।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलवार २०:१२   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।