काठमाडौं । नेपाल सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणले मुलुकको अर्थतन्त्रमा कृषि क्षेत्रमा गिरावट देखिएको छ । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्ष कृषिको उत्पादन र वृद्धिदरमा गिरावट आएको देखिएको छ ।
तराई क्षेत्रमा धान रोपाइँको समयमा परेको खडेरी र भित्र्याउने समयमा भएको अत्यधिक वर्षाका कारण धान उत्पादन घटेको हो । यसले कृषि उत्पादनमा नकारात्मक असर पारेको छ उल्लेख छ । यद्यपि विद्युत् उत्पादन बढेर ४ हजार १ सय ५ मेगावाट पुगेको छ भने सेवा क्षेत्रको वृद्धि सामान्य रहेको छ।
सर्वेक्षणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा कृषि क्षेत्रको आर्थिक वृद्धिदर १.५८ प्रतिशतमा सीमित हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्षमा यस्तो वृद्धिदर ३.०५ प्रतिशत रहेको थियो । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४.० प्रतिशत रहने सर्वेक्षणले औँल्याएको छ ।




















प्रतिक्रिया