Logo

अर्थ

९९.१ प्रतिशत जनसंख्यामा पुग्यो विद्युत पहुँच



काठमाडौं । नेपालमा झन्डै शतप्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको छ । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार कुल ९९.१ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको हो ।

यस अवधिसम्म कुल जडित विद्युत क्षमता ४ हजार १ सय ५ मेगावाट रहेको छ । यसमध्ये जलविद्युत जडित क्षमता ३ हजार ७ सय ९८ मेगावाट रहेको छ । चालु आर्थिक वर्षमा भारततर्फ २ हजार ९ सय १८ मेगावाट घन्टा विद्युत निर्यात गरिएको तथ्याङमा उल्लेख छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार १५:२७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।