Logo

प्रमुख समाचार

दुर्गा प्रसाईंमाथि ‘दुरुत्साहन’मा छानबिन गर्न सिफारिस



काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि ‘दुरुत्साहन’ सम्बन्धमा सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरेको छ । प्रसाईंले जेनजी अभियन्तासँगै सामाजिक सञ्जालमार्फत भड्काउ अभिव्यक्ति दिएको आयोगको निष्कर्ष निकाल्दै छानबिन गर्न भनेको हो ।

आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिमा प्रसाईंसहित अन्य व्यक्तिको संलग्नता रहे–नरहेको विषयमा अनुसन्धान गर्न आग्रह गरेको छ ।

‘अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव नपरेको सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम निजहरूबाट भए/नभएको वा सोको दुरुत्साहन भए/नभएको सम्बन्धमा सूक्ष्म अनुसन्धान गरी,’ प्रसाईं लगायतको हकमा आयोग सिफारिसमा भनिएको छ, ‘सम्बन्धित व्यक्ति तथा आम नागरिकलाई सुसूचित गराई उल्लिखित व्यक्तिहरूको स्वच्छ सुनुवाइको हक अधिकारको सुनिश्चितसहित अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार १७:१५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।