Logo

अर्थ

डिडिसीमा सिआईबीको छापा, कर्मचारीको मोबाइल जफत



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बुधबार दूग्ध विकास संस्थान (डिडिसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा छापा हानेको छ।

सिआइबीको टोलीले पाँच कर्मचारीको मोबाइल जफत गरिसकेको छ भने दूध खरिदबिक्रीसम्बन्धी कागजात नियन्त्रणमा लिएको छ। त्यस्तै, पछिल्ला तीन वर्षको निर्णय पनि सिआइबीले मागेको छ।

‘सिआइबीबाट ८–९ जनाको टोली आएर दूध खरिदबिक्रीका विवरण, मौजदात र किसानलाई भुक्तानी गर्न बाँकी बिवरण मागेको छ, केही विवरण दिइसकेका छौं,’ डिडिसी स्रोतले भन्यो, ‘सञ्चालक समितिका निर्णय पनि माग भएको छ।’

सरकारी स्वामित्वको डिडिसीले किसानबाट दूध संकलन गरेर बजारमा बेच्छ। तर, अझै किसानलाई ५० करोड भुक्तानी गर्न बाँकी छ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार १७:४५   :  बजे

387
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।