Logo

समाचार

सर्लाहीमा सर्प दंशबाट ३ वर्षीय बालकको मृत्यु, चिकित्सकमाथि लापरबाहीको आरोप



सर्लाही । सर्लाहीको कौडेना गाउँपालिका–१ लक्ष्मीपुरमा सर्प दंशबाट एक बालकको मृत्यु भएको छ । बालकको मृत्यु भएपछि आफन्तहरूले चिकित्सकको लापरबाही रहेको आरोप लगाउँदै अस्पतालमा होहल्ला गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार साँझ करिब ६ः३० बजेतिर लक्ष्मीपुर निवासी रवीन्द्र गिरीका ३ वर्षीय छोरा आदित्य गिरी आफ्नै घरको कौसीमा खेलिरहेका बेला सर्पले टोकेर घाइते भएका थिए । घाइते बालकलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो ।

अस्पतालमा उपचारकै क्रममा साँझ ७ः५० बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए । बालकको मृत्यु भएपछि आफन्तजन अस्पताल पुगेर चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै विरोध जनाएका थिए ।

स्थिति नियन्त्रणमा लिनका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक रुपेश अधिकारीको कमान्डमा २५ जनाको प्रहरी टोली खटिएको थियो । पछि प्रहरीको सम्झाई बुझाइपछि अवस्था सामान्य बनेको थियो ।

राति करिब ९ः५० बजे कानुनी प्रक्रिया पूरा गरी मृतक बालकको शव उनका बुबाले बुझि लगेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहीबार ०९:२२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।