काठमाडौं। नेपाल महिला टिम काभा भलिबलको सेमिफाइनलबाट बाहिरिएको छ। आज बिहीबार इरानसँग सोझो सेटमा ३–० ले पराजित हुँदै नेपाल बाहिरिएको हो।
नेपाल पहिलो सेटमा २५–२०, दोस्रोमा २५–१५ र तेस्रोमा २५–११ ले पराजित भएको थियो।
इरानले कजाकिस्तानलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। इरानसँग पराजित भएर सेमिफाइनलमा पुगेको कजाकिस्तानले भारतलाई सोझो सेटमा पराजित गरेको छ।
अब फाइनलमा इरान र कजाकिस्तान भिड्ने तय भएको छ।




















प्रतिक्रिया