Logo

sports

काभा महिला भलिबलको उपाधिका लागि आज इरान र कजाकिस्तान भिड्दै



काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को उपाधिका लागि आज इरान र कजाकिस्तान बीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने फाइनल खेल आज दिउँसो ४ः३० बजे सुरु हुनेछ । दुवै टोली सेमिफाइनलमा प्रभावशाली जित निकाल्दै उपाधि नजिक पुगेका हुन् ।

यसअघि बिहीबार भएको दोस्रो सेमिफाइनलमा इरानले घरेलु टोली नेपाललाई ३–० को सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरेको थियो । नेपाल सेमिफाइनलमै रोकिएपछि अब कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने भएको छ ।

पहिलो सेमिफाइनलमा कजाकिस्तानले भारतलाई ३–० कै सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

आजै तेस्रो स्थानका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल र भारतबीचको खेल दिउँसो १ बजे सुरु हुने तालिका रहेको छ । घरेलु समर्थकमाझ नेपालले कांस्य पदक जित्ने लक्ष्यसहित उत्रिनेछ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार ०९:२७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।