Logo

समाचार

व्यक्ति–व्यक्ति हुने बैंक ट्रान्सफरमा क्रेडिट स्कोरिङ प्रणाली लागू गर्दै सरकार



काठमाडौँ । सरकारले व्यक्ति–व्यक्ति बीच हुने बैंक तथा डिजिटल माध्यमबाट रकम ट्रान्सफर (पियर टु पियर–P2P) लेनदेनलाई नियमन गर्ने भएको छ । यसका लागि व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागू गरिने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले वित्तीय प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन P2P लेनदेनलाई नियमनसहित सञ्चालन गरिने बताएका हुन् ।

उनका अनुसार व्यक्तिको वित्तीय कारोबारको आधारमा क्रेडिट स्कोर निर्धारण गर्ने प्रणाली लागू गरिनेछ, जसले बैंकिङ पहुँच, ऋण प्रवाह र डिजिटल भुक्तानी प्रणालीलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

अर्थमन्त्री वाग्लेले बजेट भाषणमा भने, “व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागू गर्दै पियर टु पियर (P2P) लेनदेनलाई नियमनसहित सञ्चालन गर्नेछौँ ।”

सरकारले यो व्यवस्थामार्फत डिजिटल वित्तीय कारोबारलाई औपचारिक प्रणालीमा थप सुदृढ बनाउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार १९:४१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।