काठमाडौँ । रास्वपा अहिले नेपालको सबैभन्दा ठूलो पार्टी मात्र होइन, सबैभन्दा जिम्मेवार पार्टी पनि हो।
अतः प्रधानमन्त्री बालेन शाहले आज संसदमा दिएका अभिव्यक्तिका विषयमा रास्वपाले अहिले आकस्मिक बैठक डाकेको छ। रास्वपाले सचिवालय बैठक बोलाएको छ।
बैठक आजै साँझ ८ बजे बस्ने तय भएको जानकारी सभापति रवि लामिछानेको सचिवालयले दिएको छ। बैठक भर्चुअल माध्यमबाट बस्नेछ।
प्रधानमन्त्री बालेनको अभिव्यक्तिका विषयमा रास्वपाले नेपालको सार्वभौम अडान कायम राख्दै भारतले नेपाली भूमि अतिक्रमण गरेको विषयमा प्रधानमन्त्रीलाई जवाफदेही बनाउने अपेक्षा गरिएको छ। बैठक अब केहीबेरमै बस्दैछ।




















प्रतिक्रिया