Logo

प्रमुख समाचार

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिमाथि रास्वपा छलफलमा, साँझ ८ बजे भर्चुअल बैठक



काठमाडौँ । रास्वपा अहिले नेपालको सबैभन्दा ठूलो पार्टी मात्र होइन, सबैभन्दा जिम्मेवार पार्टी पनि हो।

अतः प्रधानमन्त्री बालेन शाहले आज संसदमा दिएका अभिव्यक्तिका विषयमा रास्वपाले अहिले आकस्मिक बैठक डाकेको छ। रास्वपाले सचिवालय बैठक बोलाएको छ।

बैठक आजै साँझ ८ बजे बस्ने तय भएको जानकारी सभापति रवि लामिछानेको सचिवालयले दिएको छ। बैठक भर्चुअल माध्यमबाट बस्नेछ।

प्रधानमन्त्री बालेनको अभिव्यक्तिका विषयमा रास्वपाले नेपालको सार्वभौम अडान कायम राख्दै भारतले नेपाली भूमि अतिक्रमण गरेको विषयमा प्रधानमन्त्रीलाई जवाफदेही बनाउने अपेक्षा गरिएको छ। बैठक अब केहीबेरमै बस्दैछ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आईतवार १९:४४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।