काठमाडौँ । प्रतिनिधि सभा बैठक सुरु भएको छ । आइतबार राति १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक फेरि सुरु भएको हो ।
प्रतिनिधि सभा नियमावलीको मस्यौदामा परेका संशोधनमाथि छलफल गर्न संसदीय समितिमा पठाइनुपर्ने माग विपक्षीले राखेका थिए।नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले ‘संशोधनहरूलाई विषयगत समितिमा पठाइयोस्’ भनेकी थिइन् ।
तर, सभामुख डोलप्रसाद अर्यालले नमानेर ‘निर्णयार्थ पेस गर्छु’ भनेर संशोधन प्रस्तावहरूमाथि हुन्छ र हुन्न भन्न लगाएर अगाडि बढेपछि विपक्षी दलका सांसदहरूले बेल घेराउ गरेका थिए।
त्यसपछि सभामुख अर्यालले बैठक स्थगित गरेका थिए ।
फेरि सुरु भएको बैठकमा पनि विपक्षी दलका सांसदहरूले विरोध कायमै राखेका छन् ।




















प्रतिक्रिया