काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछाने भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा आज भारत जाँदै छन्।
भ्रमणका क्रममा उनले राजनीतिक भेटघाट तथा त्यहाँ रहेका नेपालीसँग संवाद गर्ने रास्वपाले जनाएको छ।
भाजपा अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी जेठ २२ गतेसम्म भारत भ्रमणमा रहनेछन्।
रविसँगै श्रीमती निकिता पौडैल, सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहोरा र प्रदीप आचार्य भारत जानेछन्।
भाजपाले रविको भ्रमणबाट अन्तरपार्टी सम्बन्ध थप सौहार्द हुने विश्वास गरेको छ।
आइतबारको संघीय संसद् बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको जग्गा मिचेको भनेर विवादमा आइरहेका बेला रास्वपा सभापति भारत जान लागेका हुन्।




















प्रतिक्रिया