Logo

विविध

वैदेशिक रोजगारीको पुनः श्रम स्वीकृति अब स्वचालित प्रणालीबाट



काठमाडौँ । वैदेशिक रोजगारीका लागि एउटै देश र सोही कम्पनीमा कामलाई निरन्तरता दिन चाहने श्रमिकहरूले अब स्वचालित (अटोमेटिक) प्रणालीबाटै पुनः श्रम स्वीकृति पाउने भएका छन् ।

वैदेशिक रोजगार विभागले यस्तो स्वीकृति जारी गर्न अबदेखि कर्मचारीको संलग्नता नपर्ने गरी स्वचालित व्यवस्था लागू गरेको हो ।

विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले यो निर्णय गरिएको जनाएको छ।

हाल हरेक महिना करिब २० हजार श्रमिकले पुनः श्रम स्वीकृति लिने गरेका छन्। यो सुविधा प्राप्त गर्न श्रमिकले केही सर्तहरू भने पूरा गर्नुपर्नेछ।

यसका लागि कम्तीमा ३ महिना म्याद बाँकी रहेको राहदानी (पासपोर्ट), वैध भिसा, करार सम्झौता, आवधिक जीवन बीमा हुनुपर्नेछ ।

साथै, सामाजिक सुरक्षा कोष र वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गरेको रसिद पनि अनिवार्य गरिएको विभागले जनाएको छ।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार २०:२८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।