काठमाडौं। पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति छानबिन आयोगलाई सम्पत्ति विवरण नबुझाउने निर्णय गरेका छन्।
पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशसँग सम्पत्ति विवरण भराउने र जाँचबुझ गर्ने कार्य हालको संविधान र कानुन प्रतिकूल देखिएको निष्कर्षसहित उनीहरूले नबुझाउने निर्णय गरेका हुन्।
आयोगले सम्पत्ति विवरण मागेपछि उनीहरूले एकीकृत धारणा बनाएर सम्पत्ति विवरण नबुझाउने बताएका छन्।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र, रामकुमारप्रसाद साह, गोपाल पराजुली, सर्वोच्चका पूर्वन्यायाधीशहरू टोपबहादुर सिंह, कृष्णजंग रायमाझी, वैद्यनाथ उपाध्याय, प्राध्यापक पवन ओझा, उच्च अदालतका पूर्वन्यायाधीश र जिल्ला न्यायाधीशसहित ७० जना छलफलमा सहभागी थिए।




















प्रतिक्रिया