Logo

सुदूरपश्चिम प्रदेश

१० वर्षीया बालिका बलात्कृत



कैलाली जिल्लाको नाकखेलेढुंगामा १० वर्षीया बालिका बलात्कृत भएकी छन् । नाकखेलेढुंगा जंगल हुँदै गइरहेको अवस्थामा ती बालिका बलात्कृत भएकी हुन् ।

बलात्कारको आरोपमा चुरे गाउँपालिका–१ का २२ वर्षीय लाले घर्तीथापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

थापाले ती बालिकालाई एक्लै पारी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी घरखेडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आईतवार १४:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।