Logo

समाचार

टिकटकर तुलसा अधिकारीको मुद्दामा ४० जना स्वयंसेवी वकिल, बहस नसकिएपछि फेरि हिरासतमै



ललितपुर । टिकटकर तुलसी अधिकारीको मुद्दामा ४० जना स्वयंसेवी वकिलले वकालतनामा पेश गरेका छन् ।

सबैले बहस गर्न नभ्याएपछि बुधबार पनि थुनछेक आदेश हुन नस्कदा उनलाई फेरि प्रहरी हिरासतमै पठाइएको छ ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा उनीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा छ । ललितपुरका प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीका अनुसार उनलाई आज पनि हिरासतमै राखिने छ ।

व्यवसायी कुमार चिमोरियाको जाहेरीले नेपाल सरकार वादी रहेको उक्त मुद्दामा टिकटकर अधिकारी, अशोककुमार अग्रवालसहित १० जना प्रतिवादी छन् ।

उनीहरुका विरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) समेतको कसुरमा मुद्दा चलेको हो ।

चिमोरियाले २०८२ साउन २४ गते ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपसहित जाहेरी दिएका थिए । साथै, टिकटकर अधिकारीको २१ करोड सम्पत्तिको स्रोत नखुलेका कारण सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएको छ ।

२०८२ भदौदेखि फरार उनी चीन हुँदै थाइल्याण्ड पुगेपछि शुक्रबार अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलको सहयोगमा पक्राउ परेकी थिइन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार १९:३०   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।