काठमाडौं । काठमाडौँ महानगरपालिकाले विभिन्न ६ वटा सहकारी संस्थालाई आफूले बहालमा लिएको घर, कोठा वा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन दिएको छ ।
महानगरको कानुन तथा मानव अधिकार विभागले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र सम्पर्कमा नआए महानगर आफैँले कार्यालय खाली गराउने चेतावनी दिएको हो ।
महानगरपालिकाले सहकारी संस्थाहरूले बहालमा लिएका कार्यालयहरू खाली गराउने प्रक्रियाअन्तर्गत उक्त सूचना जारी गरेको जनाएको छ ।





















प्रतिक्रिया