काठमाडौं । एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालले मलेसियाविरुद्ध सानदार जित निकालेको छ। नेपालले मलेसियालाई १६७ रनले हराउँदै समूह विजेता बनेर एसियन गेम्समा स्थान बनाएको हो।
नेपालले दिएको २७७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १०८ रनमात्रै बनाउन सक्यो।
उसका लागि कप्तान सय्यद अजीजले ५४ रन जोड्दा सार्विन मुनियान्दीले १८ तथा मुहम्मद हजिजले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
मलेसियालाई सस्तैमा समेट्न नेपालका शेर मल्लले तीन विकेट लिए भने करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा २७५ रन जोड्यो। ओपनर कुशल भुर्तेलले शतकीय इनिङ्स खेले। उनले १२६ रन जोडे। ५४ बल खेलेका उनले १४ चौका र ८ छक्का प्रहार गरे । टी २० आईमा उनको यो तेस्रो शतक हो ।
यस्तै, आसिफ शेखले २४ बलमा ६८ रनको आक्रामक पारी खेले। दीपेन्द्र सिंह ऐरीले ३१ रन जोडे ।
बलिङतर्फ मलेसियाका विरनदीप सिंहले तीन तथा सय्यद अजिज र विजय उन्नीले दुई–दुई विकेट लिए ।




















प्रतिक्रिया