कैलाली। प्रहरीले कैलालीका विभिन्न स्थानबाट १७ लाख ३० हजार बराबरका १५ वटा मोटरसाइकल बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार आज भजनी र लम्कीचुहा नगरपालिकाका विभिन्न स्थानबाट उक्त मोटरसाइकल बरामद गरिएको हो।
इलाका प्रहरी कार्यालय भजनी र इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले चोरी गरिएका तथा बेवारिसे अवस्थाका सो मोटरसाइकल बरामद गरेको उनले जानकारी दिए।
उनले बरामद गरिएका मोटरसाइकल आवश्यक कारबाहीका लागि टीकापुरस्थित सत्ती भन्सार कार्यालयमा बुझाइएको बताए।




















प्रतिक्रिया