Logo

समाचार

पशुपति सेभिङ एन्ड क्रेडिट सहकारीका १४० ऋणीको नाम सार्वजनिक



काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त पशुपति सेभिङ एन्ड क्रेडिट सहकारीका १४० ऋणीको नामावली सार्वजनिक गरेको छ।

कार्यालयले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरेको जनाएको हो।

समितिका अनुसार सहकारीको रकम असुली प्रक्रिया प्रभावकारी बनाउने र बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीको विवरण सार्वजनिक गरिएको हो।

समितिले यसअघि ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिलाई आवश्यक प्रमाणसहित कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ।

ऋण बाँकी रहेका ऋणीलाई समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न सूचित गरिएको छ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार ०७:५६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।