Logo

अर्थ

एभरेष्ट कलरको आईपीओमा आजदेखि आवेदन दिन सकिने



काठमाडाैं । एभरेष्ट कलर लिमिटेडले आम सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले ६ लाख ५५ हजार ७ सय कित्ता सेयर सर्वसाधारणमा जारी गरेको हो ।

कम्पनीले पहिलो चरणअन्तर्गत गत वैशाख १६ गतेदेखि २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेकाका लागि ७९ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ बाँडफाँड गरिसकेपश्चात कम्पनीले दोस्रो चरणअन्तर्गत आम सर्वसाधारणमा आईपीओ खुलाएको हो ।

कम्पनीले ३९ हजार ५ सय कित्ता सामुहिक लगानी कोषका लागि र १५ हजार ८ सय कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि छुट्टाएको छ । लगानीकर्ताले कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन बन्द छिटोमा जेठ २७ गते र ढिलोमा असार ५ गते हुनेछ ।

लगानीकर्ताले कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै, लगानीकर्ताले ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार १०:४२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।