Logo

अर्थ

राष्ट्र बैंकद्वारा आगामी आवको मौद्रिक नीतिका लागि सुझाव माग



काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकले सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को व्यवस्था बमोजिम सुझाव माग भएको हो ।

इच्छुक आम सर्वसाधारण तथा संघसंस्थाले असार ५ गतेभित्र इमेलमार्फत सुझाव दिन सक्नेछन् । इमेल ठेगाना monetarypolicy@nrb.org.np बाट मौद्रिक नीतिका लागि सुझाव दिन सकिनेछ । साउन १५ गतेभित्र राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्नेछ ।

यसअघि चालु आर्थिक वर्षको मौद्रिक नीति भने गत असार २७ गते नै सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार १६:५०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।