Logo

राजनीति

सीमाबारे रविको जवाफः कूटनीतिक विषय हो, ढोल बजाएजस्तो हुँदैन



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले कूटनीतिक माध्यमबाट गरिने विषय महत्वपूर्ण हुने भन्दै ठूलो हल्लामा भन्दा चरणबद्ध तरिकाले अघि बढ्नुपर्ने बताएका छन्।

पाँच दिने भारत भ्रमण सकेर फर्किएका सभापति लामिछानेले कूटनीतिक विषय ढोल बजाएजस्तो नहुने प्रतिक्रिया दिए।

विमानस्थलमा लामिछानेलाई सोधिएको सीमा विवादको प्रश्नमा उनले त्यसलाई कूटनीतिक माध्यमबाट सहज र समाधान गर्ने बताए।

कूटनीतिको विषयलाई जिम्मेवार र संवेदनशील ढंगबाट बुझ्न उनको आग्रह थियो। लोकप्रियताका लागि सजिलो हुने भए पनि कूटनीति चाहिँ फरक विषय रहेको उनले बताए।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार १९:५७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।