Logo

अर्थ

सुनको मूल्यमा उच्च गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य ८ हजार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

योसँगै आज सुन प्रतितोला ३ लाख ८ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी तोलामा ३३५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४८ सय ९५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी तोलाको ५२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आईतवार ११:०६   :  बजे

732
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।