Logo

अर्थ

सेन्सेइमा विश्वकप हेरौँला अफर सार्वजनिक, २३ हजारसम्म क्यासब्याक र फ्री एसी



काठमाडाैं । प्रिमियम टेलिभिजन ब्रान्ड सेन्सेईले ‘सेन्सेईमा विश्वकप हेरौँला’ उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले फिफा विश्वकपलाई लक्षित गर्दै घरबाट स्टेडियमकै अनुभूति दिलाउने उद्देश्यले यो योजना ल्याएको जनाएको छ । अफरमा आकर्षक उपहार, विस्तारित वारेन्टी तथा सहज किस्ताबन्दीलगायत सुविधा समावेश छन् ।

सेन्सेई टिभी खरिद गर्ने ग्राहकले लक्की ड्रमार्फत फ्री एसीका साथै २३ हजार चार सय रुपैयाँसम्मको आकर्षक क्यासब्याक सुविधा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । विश्वकपको उत्साहलाई अझ लामो समयसम्म कायम राख्ने उद्देश्यले सेन्सेईले यस अभियानमा विशेष चार वर्षको सर्भिस वारेन्टीसमेत उपलब्ध रहेको बताइएको छ ।

कम्पनीका अनुसार स्मार्ट टिभीमा फोरके अल्ट्रा एचडी डिस्प्ले, डल्बी अडियो साउन्ड तथा वेबोस स्मार्ट प्लाटफर्मजस्ता अत्याधुनिक प्रविधि छन् । यी प्रविधिले विश्वकपका हरेक गोल, हरेक उत्साह र हरेक क्षणलाई जीवन्त रूपमा अनुभव गर्न मद्दत गर्ने बताइएको छ । उत्कृष्ट चित्र गुणस्तर, स्पष्ट ध्वनि र सहज स्मार्ट फिचरहरूको संयोजनले घरलाई नै विश्वकप हेर्ने आदर्श गन्तव्य बनाउने कम्पनीको दाबी छ ।

‘विश्वकप हेर्ने मात्र होइन, प्रत्येक खेललाई स्टेडियमकै अनुभूति दिने हाम्रो लक्ष्य हो । सेन्सेईको अत्याधुनिक प्रविधि, विशेष वारेन्टी र आकर्षक उपहार योजनाले ग्राहकलाई चार वर्षको विश्वकप, चार वर्षकै विश्वसनीयताले अझ विशेष बनाउनेछ,’ कम्पनीको भनाइ छ ।

यो योजना ३ साउनसम्म लागू हुने बताइएको छ । सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको सेन्सेई ब्रान्डले नेपाली बजारमा रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कुलर, भ्याकुम क्लिनर, चेस्ट फ्रिजर र एलइडी टिभीजस्ता विभिन्न उत्पादन उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आईतवार १३:२१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।