Logo

समाचार

ईश्वरी भुजेल मृत्यु प्रकरणमा थप तीन जना पक्राउ



काठमाडौं । ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ।

यसअघि पक्राउ परेका उनका श्रीमान् ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा सहित चार जनाविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौंको तारकेश्वर–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा भुजेलमाथि धारिलो हतियार तथा फलामको रड प्रहार भएको आरोप छ। गम्भीर घाइते भएकी भुजेलको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल मा मृत्यु भएको थियो।

प्रहरीले पक्राउ परेका चारै जनामाथि अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आईतवार १८:२६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।