Logo

अन्तर्राष्ट्रिय

नेपाल र भारतबीच उच्चस्तरीय भ्रमणको ढोका खुल्यो : शिशिर खनाल



काठमाडौं  परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच उच्चस्तरीय भ्रमण हुने ढोका खुलेको दाबी गरेका छन्।

तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका मन्त्री खनालले आफ्नो भ्रमणपछि दुवै पक्षबाट उच्चस्तरीय भ्रमणको सुरुवात भएको बताए।

‘विगत दुई वर्षदेखि नेपाल र भारतबीच उच्चस्तरीय भेटवार्ता भएको थिएन। मेरो भ्रमणबाट त्यसको सुरुवात भएको छ। अब दुवै पक्षबाट उच्चस्तरीय भ्रमणहरू हुनेछन्,’ उनले भने।

हालै भारत भ्रमण गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालका भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा गरेको बताएका थिए। उनले भारतीय जनता पार्टीका अध्यक्ष नितिन नबिनलाई पनि नेपाल भ्रमणको निम्तो दिएको बताएका थिए।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आईतवार २०:२९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।