Logo

प्रमुख समाचार

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाँदै , एजेन्डा सार्वजनिक गर्ने तयारी



काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल आगामी जेठ ३१ मा उत्तरी छिमेकी चीन भ्रमणमा जाने भएका छन्। भारत भ्रमण सकेर आइतबार फर्किएका खनालको चीन भ्रमण तय भएको हो।

चीन भ्रमणका क्रममा खनालले चिनियाँ समकक्षी वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङलाई  भेट्ने कार्यक्रम तय भएको छ। नेपाली डायस्पोरासँग पनि अन्तक्र्रिया गर्नेछन्।

यद्यपि परराष्ट्र मन्त्रालयले मन्त्री खनालको भ्रमण एजेन्डा र मिति भने सार्वजनिक गरेको छैन। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार चीन भ्रमणको तयारीबारे छलफल गर्न लागिएको छ।

भारत भ्रमणका क्रममा खनालले लिपुलेक क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषय उठाएका थिए भने चीनमा यसले प्रवेश पाउने बताइन्छ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार ०९:०३   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।