काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको नेतृत्वकर्ता दल रास्वपालाई परिपक्व व्यवहार देखाउन सुझाव दिएको छ । आज रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा राप्रपाले सो सुझाव दिएको हो ।
बैठकबाट निस्किएका राप्रपा अध्यक्ष लिङदेनले संसदमा प्रतिपक्षी गणितमा कमजोर छ भन्दैमा शक्ति पृथकीकरणको सन्तुलन र नियन्त्रणलाई भत्काउने काम गरिरहेको भन्दै देश जित्नेको मात्र नभई हार्नेको पनि भएको बताए ।
आफूले वैदेशिक सम्बन्धको सवालमा अपरिपक्व व्यवहार नदेखाउन सुझाएको लिङदेनको भनाइ छ । ‘वैदेशिक सम्बन्धका सवालमा अपरिपक्व व्यवहारहरु देखाउनु भएन । देश जित्नेको मात्र होइन, हार्नेको पनि हो । र, यो सरकारले गर्ने गलत क्रियाकलापाको सिकार सम्पूर्ण देशले व्यहोर्नुपर्ने हुन्छ । त्यसकारणले अलिकति परिपक्व व्यवहारहरु गरियोस् ।’ उनले भने- ‘चाहे प्रधानमन्त्रीको सीमासम्बन्धी मन्तव्य होस् । चाहे रास्वपाका सभापति भारतमा गएर हामी विगतको भारी बोक्दैनौँ भनेको सवाल होस् । होसियारी अपनाइयोस् ।’




















प्रतिक्रिया