Logo

प्रमुख समाचार

सुदूरपश्चिममा मन्त्रीपरिषद् पुनर्गठन, कांग्रेसका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसबाट नियुक्त भएका तीन मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । साेमबार नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

मन्त्रिपरिषद् पुनर्गठनअन्तर्गत नियुक्त भएका उनीहरूलाई मन्त्रालयको जिम्मेवारी समेत तोकिएको छ ।

नवनियुक्त मन्त्रीमध्ये विक्रमसिंह धामीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । बेलबहादुर रानालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने मानबहादुर रावल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको मन्त्री नियुक्त भएका छन् ।

यस्तै, जुना दानीलाई आर्थिक मामिला राज्यमन्त्री तथा मधु भारतीलाई सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि गरिएको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । नयाँ मन्त्री र राज्यमन्त्रीको नियुक्तिसँगै सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको असन्तुष्ट पक्षले समेत प्रतिनिधित्व पाएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलवार ०८:१८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।