काठमाडाैं । सुधन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन् । उनकाे आजै ३ बजे शपथ हुने भएको छ ।
शपथका लागि राष्ट्रपति कार्यालयमा पत्राचार गरिसकिएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।
यसअघि सम्पत्ति लगायत विभिन्न विवादमा परेपछि गुरुङले वैशाख ९ गते गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।
त्यसपछि उनीमाथि छानबिन गर्न सरकारले समिति बनाएको थियो । समितिले क्लिन चिट दिएपछि गुरुङलाई गृहमा फर्काउन लागिएको हो ।




















प्रतिक्रिया