काठमाडौं । बुधबार सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज सुनको मूल्य एकैदिन १० हजार १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा झरेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ पुगेको थियो ।
यो दिन सुनसँगै चाँदी पनि सस्तिएको छ । चाँदीको मूल्य आज १८५ रुपैयाँले ओरालो लाग्दै प्रतितोला ४ हजार ७४० रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया